सामुदायिक बिधालयलाइ कुनै पनि शुल्क नलिन जनकपुरधाम उपमहानगरपालिकाको निर्देशन

२५ बैशाख , जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका ले सामुदायिक विद्यालयहरूलाई विद्यार्थी भर्ना तथा अध्ययनका नाममा कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले २०८३ वैशाख २५ गते जारी गरेको पत्रमार्फत शैक्षिक सत्र २०८३ मा कक्षा सञ्चालन सुरु भइसकेको अवस्थामा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ र नियमावली २०७७ अनुसार विद्यार्थीसँग शुल्क नलिन भनिएको हो।
“विद्यार्थीहरूसँग कुनै पनि प्रकारको शुल्क नलिई भर्ना तथा अध्ययन–अध्यापन गराउन हुन अनुरोध छ,” पत्रमा उल्लेख छ।
उपमहानगरपालिकाले अभिभावक वा अन्य व्यक्तिले स्वेच्छाले सहयोग गर्न चाहेमा विद्यालयको बैंक खातामार्फत मात्र सहयोग लिनुपर्ने व्यवस्था पनि गरेको छ। त्यस्तो सहयोगको अभिलेख राख्न तथा दाताको विवरण नियमित सार्वजनिक गर्न समेत निर्देशन दिइएको छ।
साथै प्राप्त सहयोगबारे उपमहानगरपालिका र सम्बन्धित वडालाई जानकारी गराउन भनिएको छ।
शाखा प्रमुख अन्जु पाण्डेयद्वारा हस्ताक्षरित उक्त पत्र सबै सामुदायिक विद्यालयहरूलाई पठाइएको हो।

  • सम्बन्धित समाचारहरु

    मोदीसँगको भेट फलदायी, विकास कूटनीतिको नयाँ युगमा सहमति : रवि

    Read more

    पार्टीको नेतृत्व नछोड्ने ओलीको घोषणा, ‘बीचमै झोला फ्याकेर भाग्दिनँ’

    Read more