संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सम्पन्न, कार्ययोजना स्वीकृत

१० बैशाख , काठमाडौं । — प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि झन्डै दुई घण्टा चलेको बैठकमा कार्यदलका सदस्य सचिव तथा कानुन सचिव पुष्पकर सापकोटाले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। बैठकले सदस्यहरूको सुझाव समेट्दै उक्त कार्ययोजनालाई अन्तिम रूप दिई स्वीकृत गरेको छ।
स्वीकृत कार्ययोजनाअनुसार आगामी सोमबारदेखि हरेक दिन दिउँसो ३ बजे विज्ञ तथा सरोकारवालाहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आमन्त्रण गरी संविधान संशोधनका विषयमा सुझाव सङ्कलन गरिने निर्णय गरिएको छ।
बैठकमा कार्यदलका संयोजक असिम शाहले निर्धारित समयसीमाभित्रै कार्य सम्पन्न गरी सरकारसमक्ष बहसपत्र पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, कार्यदलका सदस्यहरूबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सक्रिय सहभागिताको अपेक्षा गरिएको बताउनुभयो।

  • सम्बन्धित समाचारहरु

    जलेश्वरमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

    Read more

    भारतको प्रतिक्रिया: १०० रुपैयाँभन्दा बढी सामानमा कस्टम ड्युटीबारे जानकारी, निजी प्रयोगमा सहजता रहने स्पष्टता

    Read more