इरानको अडानपछि अमेरिका युद्धविराम लम्ब्याउन बाध्य

९ बैशाख , काठमाडौं । — इरानको कडा अडानका कारण अमेरिका युद्धविराम (सीजफायर) अवधि लम्ब्याउन बाध्य भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अप्रिल २२ मा सकिन लागेको युद्धविरामको समयसीमा एकतर्फी रूपमा अनिश्चितकालका लागि बढाएको घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले आफ्ना सर्तहरूमा कुनै सम्झौता नगरेपछि अमेरिकाले तनाव थप नबढोस् भन्ने उद्देश्यले युद्धविराम कायम राख्ने निर्णय लिएको हो।
यस निर्णयमा अमेरिकाले पाकिस्तानको भूमिका समेत उपयोग गरेको जनाइएको छ। पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ तथा सेनाप्रमुख आसिम मुनिर मार्फत कूटनीतिक पहल अघि बढाइएको स्रोतहरूले बताएका छन्।
विश्लेषकहरूका अनुसार युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याउनु क्षेत्रीय स्थिरता कायम राख्ने प्रयासका रूपमा हेरिएको छ, तर दीर्घकालीन समाधानका लागि भने दुवै पक्षबीच ठोस सहमति आवश्यक पर्ने देखिन्छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more