निर्देशन अवज्ञा गर्दा जनकपुरधामको लिटिल चेम्प स्कुललाई जरिवाना

९बैशाख , जनकपुरधाम। — जनकपुरधाम उपमहानगरपालिका–८ मा अवस्थित लिटिल चेम्प स्कुल लाई नगरपालिका निर्देशन उल्लंघन गरेको भन्दै पहिलो पटक लाई  २,५०० रुपैयाँ जरिवाना गरिएको छ।

नगर प्रहरीका अनुसार उपमहानगरपालिकाले यसअघि जारी गरेको सूचनामा वैशाख १५ गतेदेखि मात्र भर्ना तथा कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो। तर उक्त विद्यालयले सो निर्देशनलाई बेवास्ता गर्दै निर्धारित समयअघि नै कक्षा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको हो।

नगरपालिकाले शैक्षिक संस्थाहरूलाई निर्धारित मापदण्ड र समयसीमा पालना गर्न पटक–पटक आग्रह गर्दै आएको जनाएको छ। निर्देशिका उल्लंघन गर्ने विद्यालयमाथि आगामी दिनमा थप कडाइ गरिने पनि जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more