युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो” : मन्त्री पोखरेल

९ बैशाख , मोरङ ।— मन्त्री सस्मित पोखरेलले युवाहरूलाई परम्परागत रूपमा जागिर खोज्ने सोचबाट बाहिर निस्केर रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्न आग्रह गरेका छन्।
पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले उद्यमशीलता नै वर्तमान समयको आवश्यकता भएको स्पष्ट पारे। “ज्ञान, सीप र विवेकको सही प्रयोगबाट मात्र देशलाई सबल र समृद्ध बनाउन सकिन्छ,” उनले भने।
मन्त्री पोखरेलले सरकार गुणस्तरीय, व्यावहारिक तथा अनुसन्धानमुखी शिक्षामा जोड दिइरहेको उल्लेख गर्दै विश्वविद्यालयहरूले दक्ष र सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। उनले शिक्षालाई केवल सैद्धान्तिक सीमामा नराखी उत्पादनमुखी र रोजगारसँग जोड्नुपर्नेमा पनि जोड दिए।
कार्यक्रममा विभिन्न संकायबाट कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका थिए। त्यस्तै उत्कृष्ट प्रदर्शन गर्ने २१ जना विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिएको थियो।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more