पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

७ बैशाख , काठमाडौ । प— पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ। बबरमहलस्थित नेपाल आयल निगम कार्यालय अगाडि धर्ना दिन पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेपछि उनीहरूले नजिकै सडकमा विरोध जनाएका हुन्।
अभियानका प्रतिनिधिहरूले निगममै पुगेर ज्ञापनपत्र बुझाउने प्रयास गरेका थिए। तर समन्वय नभएको कारण देखाउँदै प्रहरीले उनीहरूलाई कार्यालय परिसरबाट हटाएको बताइएको छ। त्यसपछि बाहिर निकालिएका प्रदर्शनकारीहरूले ‘प्रहरी दमन मुर्दाबाद’ र ‘मूल्यवृद्धि फिर्ता गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य अपेक्षाकृत स्थिर रहँदा नेपालमा भने अत्यधिक वृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले उपभोक्तामाथि अनावश्यक आर्थिक भार थोपारिएको आरोप पनि लगाएका छन्।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more

    धनुषामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता, अफवाह फैलाउने गतिविधि निरुत्साहित गर्ने निर्णय

    Read more