अमेरिकी उपविदेशमन्त्री कपुर र रवि लामिछानेबीच भेट, राजनीतिक वृत्तमा चासो

७ बैशाख , काठमाडौ । — अमेरिकी उपविदेशमन्त्री समिर पल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। आज बिहान इस्तान्बुल हुँदै काठमाडौं आएका कपुरले पहिलो चरणमा महाराजगञ्जस्थित अमेरिकी दूतावासमा करिब ४५ मिनेट छलफल गरेका थिए।
दूतावासमा भएको उक्त भेटपछि कपुर सोझै बूढानीलकण्ठस्थित लामिछाने निवासतर्फ पुगेका थिए। स्रोतका अनुसार, त्यहाँ सभापति लामिछानेसँग करिब एक घण्टा लामो भेटवार्ता भएको बताइएको छ।
भेटको विषयवस्तुबारे कुनै औपचारिक विवरण सार्वजनिक गरिएको छैन। दुवै पक्षले छलफलका एजेन्डाबारे मौनता राखेका छन्।
उच्च कूटनीतिक अधिकारीको यो आकस्मिक भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। विशेषगरी अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमण र त्यसपछि प्रमुख राजनीतिक दलका नेतासँग भएको व्यक्तिगत भेटले विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्।

  • सम्बन्धित समाचारहरु

    धनुषाको मन्दिर परिसरमा शव फेला, घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह

    Read more

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

    Read more