८ बैशाख , काठमाडौ । — गृहमन्त्री सुधन गुरुङमाथि सम्पत्ति विवरणमा महत्वपूर्ण अंश लुकाएको आरोप लागेपछि उनको पद नै संकटमा परेको छ। स्रोतहरूका अनुसार, कुख्यात बिचौलिया दीपक भट्टसँग सम्बन्धित ‘स्टार माइक्रो इन्स्योरेन्स’मा गृहमन्त्री गुरुङको करिब २५ लाख रुपैयाँ बराबरको सेयर रहेको र उक्त विवरण उनले जानाजान सार्वजनिक नगरेको दाबी गरिएको छ।
यो खुलासासँगै गृहमन्त्री गुरुङ गम्भीर नैतिक तथा राजनीतिक दबाबमा परेका छन्। विश्वसनीय स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेले उनलाई तत्काल बूढानीलकण्ठ बोलाएर स्पष्टीकरण लिएको बताएका छन्।
यता, ग्यालेक्सीखबरलाई प्राप्त जानकारीअनुसार, गृहमन्त्रीलाई पदमा निरन्तरता दिने वा बर्खास्त गर्ने भन्ने विषयमा रास्वपा नेतृत्व र प्रधानमन्त्री बालेन शाहबीच उच्चस्तरीय छलफल भइरहेको छ। सरकारको सुशासन र पारदर्शिताको प्रतिबद्धतामाथि नै प्रश्न उठ्ने सम्भावनाबीच यो निर्णयलाई चासोका साथ हेरिएको छ।
उक्त आरोपबारे गृहमन्त्री गुरुङको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। यदि आरोप पुष्टि भएमा, यसले वर्तमान सरकारको विश्वसनीयतामाथि गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ।
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै श्री राम युवा कमिटीद्वारा पीडितलाई न्यायको माग
- 13 views
जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल
- 23 views
धनुषामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता, अफवाह फैलाउने गतिविधि निरुत्साहित गर्ने निर्णय
- 25 views
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने
- 18 views
सुनसरी घटनापछि हिन्दुवादी संगठन एकजुट, ‘संयुक्त हिन्दू मोर्चा’ गठन; हिन्दू राष्ट्र घोषणा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी
- 26 views
प्रदर्शन चर्किएपछि जनकपुर उपमहानगरपालिकाभित्र अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
- 21 views
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र
- 22 views
सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी
- 26 views


















