प्रधानमन्त्री वालेन्द्र शाहद्वारा दुई मन्त्री नियुक्त—रामजी यादव र गौरी कुमारी यादव

२७ चैत, काठमाडौ ।  प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मन्त्रिपरिषद्‌ विस्तार गर्दै रिक्त रहेका दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ। यादव सप्तरी–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
त्यस्तै, सुरुदेखि नै प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरी कुमारी यादवलाई प्रदान गरिएको छ। उनी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन्।
यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्रीकै जिम्मेवारीमा रहेको थियो। नयाँ नियुक्त मन्त्रीहरूको शपथग्रहण पनि आजै हुने बताइएको छ।
यस नियुक्तिसँगै मन्त्रिपरिषद्‌लाई थप पूर्णता दिन र कार्यसम्पादनलाई प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more