नियमविपरीत शुल्क लिने विद्यालयलाई फिर्ता गर्न जनकपुरधाम उपमहानगर पालिका निर्देशन

२३ चैत, जनकपुरधाम। जनकपुरधाम — जनकपुरधाम उपमहानगरपालिका ले विद्यालयहरूलाई विद्यार्थी भर्ना तथा शुल्कसम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाबाट जारी परिपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को निर्देशन तथा प्रचलित शिक्षा नियमावलीअनुसार नयाँ शैक्षिक सत्र २०८३ सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न र शुल्क नअसुल्न आग्रह गरिएको छ।
परिपत्रमा केही विद्यालयहरूले कानुनी व्यवस्था विपरीत अग्रिम भर्ना र शुल्क संकलन गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको उल्लेख छ। अबदेखि शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न र तोकिएको मापदण्डअनुसार मात्र शुल्क लिन भनिएको छ।
यसका साथै, यदि कुनै विद्यालयले नियम विपरीत असुल गरेको शुल्क अभिभावकबाट लिएको पाइएमा त्यस्तो रकम फिर्ता गर्नुपर्ने स्पष्ट पारिएको छ। तोकिएको समयभित्र शुल्क फिर्ता नगरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
उपमहानगरपालिकाले सबै  संस्थागत विद्यालयहरूलाई कानुनी प्रावधानको पालना गर्दै पारदर्शी ढंगले भर्ना प्रक्रिया सञ्चालन गर्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more