सरकारमा नजाने हर्क साम्पाङको घोषणा, प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्ने

१० चैत, काठमाडौ । हर्क साम्पाङ ले आफ्नो दल सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव-निर्वाचित प्रतिनिधिसभा सदस्य साम्पाङले जनताले आफूहरूलाई सरकारमा जान नभई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएको बताएका हुन्।
उनले भने, “जनताले हामीलाई सरकारमा जाने म्यान्डेट दिएका छैनन्। प्रतिपक्षमा बसेर प्रश्न गर्ने जिम्मेवारी दिएका छन्, हामी सोही अनुसार काम गर्छौं।”
सञ्चारकर्मीले देशको हितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ले सरकारमा सहभागी हुन आग्रह गरे के गर्ने भन्ने जिज्ञासामा उनले सरकारमा नजाने अडान दोहोर्‍याए।
साम्पाङले राम्रो काम गर्ने पक्षलाई सधैं समर्थन गर्ने तर गलत कामको विरोध गर्ने नीति लिएको पनि स्पष्ट पारे। “हामी राम्रो कामलाई साथ दिन्छौं, नराम्रो कामको सधैं विरोध गर्छौं,” उनले भने।
उनको उक्त अभिव्यक्तिसँगै नयाँ संसदमा श्रम संस्कृति पार्टीले प्रतिपक्षको भूमिकामा सक्रिय रहने संकेत देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more