महायज्ञका लागि चामल र रकम दान, कृष्ण यादवद्वारा धर्मकार्यमा सहयोग

३ चैत, सर्लाही — हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण यादवले चुनावी अभियानका क्रममा संकलन गरिएको चामल र रकम धर्मकार्यमा दान गरेका छन्।
केही समयअघि चुनावी दौरमा सर्लाही क्षेत्र नं. २ अन्तर्गत पर्ने हरिपुरवा नगरपालिकामा उनले प्रत्येक हिन्दू परिवारको घर–घरमा पुगेर एक मुट्ठी चामल र पाँच रुपैयाँका दरले दान संकलन गरेका थिए। सोही क्रममा संकलन गरिएको सम्पूर्ण चामल र नगद रकम आज हरिपुरवामै आयोजना गरिएको महायज्ञमा हस्तान्तरण गरिएको हो।
उक्त महायज्ञ करिब डेढ वर्षसम्म सञ्चालन हुने जनाइएको छ। यादवले संकलित सामग्री महायज्ञ आयोजकलाई धर्मकार्यका लागि दान गरेका हुन्।
यस कार्यलाई सनातन धर्मको सेवा तथा धार्मिक आस्थाको संरक्षणका रूपमा लिइएको छ। आयोजक र स्थानीयले यस पहललाई सकारात्मक रूपमा लिँदै धर्मप्रति समर्पित कार्यको प्रशंसा गरेका

  • सम्बन्धित समाचारहरु

    भारी वर्षाको जोखिमका कारण जलेश्वरका विद्यालय दुई दिन बन्द

    Read more

    भारी वर्षाको सम्भावनापछि असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह

    Read more