आधा भरेको एलपी ग्यास सिलिन्डर बिक्री गर्ने नेपाल आयल निगम को निर्णय

२८ फागुन , काठमाडौ । नेपाल आयल निगम ले एलपी ग्यासको आपूर्ति र वितरणलाई व्यवस्थित बनाउन अस्थायी रूपमा आधा भरेको ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेको छ।
निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल नियमित रूपमा मागअनुसार एलपी ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग अत्यधिक बढेको छ। यसबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको पनि निगमले जनाएको छ।
नेपाललाई ग्यास आपूर्ति गर्ने देश भारत मा समेत सर्वसाधारण उपभोक्तालाई एलपी ग्यास प्राप्तिमा समस्या देखिन थालेको समाचार आएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले उल्लेख गरेको छ।
हालको अवस्थालाई ध्यानमा राख्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई सहज बनाउन निगमले मिति २०८२ मंसिर २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिन्डर आधा मूल्य (करिब ९५५ रुपैयाँ) मा बिक्री वितरण गर्ने निर्णय गरेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more