२९ फागुन, काठमाडौ । निवर्तमान प्रधानमन्त्री के पि शर्मा लाई पितृ शोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान कोरियन हस्पिटल मा उपचारका क्रममा निधन भएको हो।
परिवार स्रोतका अनुसार केही समयदेखि स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत रहेका ओलीको आज बिहान मृत्यु भएको हो।
मोहनप्रसाद ओलीको निधनप्रति राजनीतिक दलका नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन्।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि परिवारले आवश्यक तयारी गरिरहेको बताइएको छ।
ओलीका पिता मोहनप्रसाद ओलीको निधनसँगै एमाले अध्यक्ष ओलीसहित उनका परिवार शोकमा डुबेका छन्।

















