अमेरिका र इजरायलसँग तनावबीच इरानको कडा चेतावनी

२८ फागुन , काठमाडौ । इरान ले अमेरिका र इजरायल सँग बढ्दो तनावका बीच कडा चेतावनी दिएको छ।
इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ ले इरानका द्वीपहरूमाथि कुनै पनि आक्रमण भए त्यसको कठोर जवाफ दिइने बताएका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस्तो चेतावनी दिएका हुन्।
गालिबाफले आफ्नो सन्देशमा लेखेका छन्, “वतन वा मृत्यु! इरानी द्वीपहरूको माटोमाथि कुनै पनि आक्रमण भयो भने सबै संयम समाप्त हुनेछ। हामी सबै संयम त्याग्नेछौं र आक्रमणकारीहरूको रगतले फारसको खाडीलाई रातो बनाइदिनेछौं।”
उनले अमेरिकी सैनिकको रगत बग्ने अवस्था आए त्यसको जिम्मेवारी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प को व्यक्तिगत जिम्मेवारी हुने समेत बताएका छन्।
मध्यपूर्व क्षेत्रमा पछिल्ला दिनमा अमेरिका, इजरायल र इरानबीच तनाव बढ्दै गइरहेको अवस्थामा इरानी नेतृत्वबाट आएको यस्तो कडा चेतावनीले क्षेत्रीय सुरक्षा अवस्थाबारे थप चिन्ता बढाएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more