२८ फागुन, जनकपुरधाम। सर्वोच्च अदालत ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह को नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ।
गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित साह अदालत पुगेका थिए। न्यायाधीश सारंगा सुवेदी को इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्र का नाममा अन्तरिम आदेश जारी गरेको हो।
अदालतको उक्त आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग को निर्णयसमेत निस्तेज हुने अवस्थामा पुगेको छ। यससँगै साहको उम्मेदवारी यथावत रहने तथा उनले पाएको मतलाई स्वाभाविक रूपमा गणना गरिनुपर्ने अवस्था सिर्जना भएको छ।
निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरे पनि फागुन २१ गते भएको निर्वाचनमा उनको चुनाव चिह्न ‘घण्टी’ मा उल्लेख्य मत परेको थियो। तर उम्मेदवारी खारेज भएको आधारमा उनीभन्दा निकै कम मत पाएका मातृका यादव लाई निर्वाचित घोषणा गर्दै आयोगले प्रमाणपत्र प्रदान गरेको थियो।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि धनुषा–१ को निर्वाचन परिणामबारे नयाँ कानुनी बहस सुरु भएको छ। अब यस विषयमा अन्तिम निर्णय अदालतको आगामी सुनुवाइबाट हुने अपेक्षा गरिएको छ।
सर्वोच्चको अन्तरिम आदेशपछि धनुषा–१ को विवादित परिणाममा नयाँ मोड
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 24 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 34 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views


















