धनुषा–३ मा पोस्टर नटाँस्ने रास्वपा उम्मेदवार मनिष झाको घोषणा

८ फागुन, जनकपुरधाम।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार मनिष झाले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी पोस्टर नटाँस्ने घोषणा गरेका छन्। जनकपुरधामलाई सफा र सुन्दर राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको उनले बताएका छन्।
झाले रास्वपाका सबै कार्यकर्तालाई धनुषा–३ भित्र कुनै पनि स्थानमा प्रचार सामग्रीका रूपमा पोस्टर नटाँस्न स्पष्ट निर्देशन दिएका छन्। “म जुन देश र नगरलाई सुन्दर बनाउन राजनीतिक अभ्यासमा छु, त्यही नगरलाई कुरूप बनाएर चुनावी प्रचार–प्रसार गर्न चाहन्न,” उनले भने।
उनले निर्वाचन प्रचार–प्रसारका नाममा शहरलाई फोहोर र अव्यवस्थित नबनाउन अन्य राजनीतिक दल तथा उम्मेदवारहरूलाई समेत आग्रह गरेका छन्। उनका अनुसार स्वच्छ, सफा र सभ्य राजनीतिक संस्कारको विकास आजको आवश्यकता हो र त्यसको सुरुआत आफ्नै व्यवहारबाट गर्नुपर्छ।
झाको निर्णयप्रति स्थानीयवासी, नागरिक समाज तथा विभिन्न संघ–संस्थाबाट सकारात्मक प्रतिक्रिया आएको छ। जनकपुरधामलाई फोहोरमुक्त र व्यवस्थित सहर बनाउने अभियानमा उनको यो कदम उदाहरणीय भएको उनीहरूले बताएका छन्।
धनुषा–३ मा चुनावी प्रतिस्पर्धा तीव्र भइरहेका बेला झाको यो घोषणालाई स्वच्छ राजनीतिक अभ्यासतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more