८ फागुन, जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार मनिष झाले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी पोस्टर नटाँस्ने घोषणा गरेका छन्। जनकपुरधामलाई सफा र सुन्दर राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको उनले बताएका छन्।
झाले रास्वपाका सबै कार्यकर्तालाई धनुषा–३ भित्र कुनै पनि स्थानमा प्रचार सामग्रीका रूपमा पोस्टर नटाँस्न स्पष्ट निर्देशन दिएका छन्। “म जुन देश र नगरलाई सुन्दर बनाउन राजनीतिक अभ्यासमा छु, त्यही नगरलाई कुरूप बनाएर चुनावी प्रचार–प्रसार गर्न चाहन्न,” उनले भने।
उनले निर्वाचन प्रचार–प्रसारका नाममा शहरलाई फोहोर र अव्यवस्थित नबनाउन अन्य राजनीतिक दल तथा उम्मेदवारहरूलाई समेत आग्रह गरेका छन्। उनका अनुसार स्वच्छ, सफा र सभ्य राजनीतिक संस्कारको विकास आजको आवश्यकता हो र त्यसको सुरुआत आफ्नै व्यवहारबाट गर्नुपर्छ।
झाको निर्णयप्रति स्थानीयवासी, नागरिक समाज तथा विभिन्न संघ–संस्थाबाट सकारात्मक प्रतिक्रिया आएको छ। जनकपुरधामलाई फोहोरमुक्त र व्यवस्थित सहर बनाउने अभियानमा उनको यो कदम उदाहरणीय भएको उनीहरूले बताएका छन्।
धनुषा–३ मा चुनावी प्रतिस्पर्धा तीव्र भइरहेका बेला झाको यो घोषणालाई स्वच्छ राजनीतिक अभ्यासतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ।
धनुषा–३ मा पोस्टर नटाँस्ने रास्वपा उम्मेदवार मनिष झाको घोषणा
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो
- 29 views


















