भोजपुरमा नेपाली सेनाको बस दुर्घटना, २४ सैनिकसहित २६ जना घाइते

७ फागुन , भोजपुर।  नेपाली सेनाको टोली सवार बस भोजपुरमा दुर्घटना हुँदा २४ जना सैनिकसहित २६ जना घाइते भएका छन्। दुर्घटनामा बसका चालक र सहचालक पनि घाइते भएको जनाइएको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–३ सिद्धेश्वरमा बुधबार दिउँसो उक्त बस दुर्घटना भएको सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीले जनाएको छ।
हेडक्वाटरका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकातर्फ अस्थायी बेस क्याम्प स्थापना गर्न जाँदै गरेको सेनाको टोली दुर्घटनामा परेको हो।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सेनाले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more