दुर्गा प्रसाईं भक्तपुरबाट दुर्गापक्राउ, जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर अनुसन्धान

४ फागुन, काठमाडौ । — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। सोमबार घरबाटै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका प्रसाईंलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर अनुसन्धान भइरहेको छ। उनीमाथि निर्वाचनसँग सम्बन्धित गतिविधि र अभिव्यक्तिलाई लिएर अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
यसअघि पनि माघ २३ गते प्रसाईं पक्राउ परेका थिए। त्यसबेला निर्वाचनबारे उनले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिलाई आधार मानेर नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरेको थियो। बयानपछि उनलाई हाजिर जमानीमा रिहा गरिएको थियो।
प्रहरी स्रोतका अनुसार फागुन २१ गते हुने निर्वाचन विथोल्ने अभियान सुरु गर्न सक्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो। यसै सन्दर्भमा उनलाई पटकपटक नियन्त्रणमा लिँदै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
यसअघि माघ ५ गते पनि प्रसाईंलाई पोखराबाट पक्राउ गरिएको थियो। सो क्रममा समेत प्रहरीले बयान लिएपछि उनलाई छाडेको थियो।
प्रसाईंको पक्राउसँगै उनको गतिविधि र अभिव्यक्तिलाई लिएर सुरक्षा निकायले थप अनुसन्धान तीव्र पारेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more