जनकपुरधाममा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजा–दर्शन

माघ १२, जनकपुरधाम। पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जानकी मन्दिरमा पूजा–दर्शन गर्नुभएको छ।
आज दिउँसो ४ बजे जानकी मन्दिर पुगेर शाहले विधिपूर्वक पूजाआजा गर्नुका साथै माता जानकीको दर्शन गर्नुभएको हो। मन्दिर परिसरमा उहाँलाई समर्थक तथा सर्वसाधारणले स्वागत गरेका थिए। पूर्वराजा शाहको आगमनको जानकारी पाएपछि उनका समर्थकहरू मन्दिर परिसरमा भेला भएका थिए।

मन्दिर महन्त रामतपेश्वर दाशले पनि उहाँको स्वागत गरेका थिए। दर्शनका क्रममा केही समय मन्दिर परिसरमा बसेर शाहले सर्वसाधारणसँग भेटघाट गरेका थिए।
पूर्वराजा शाहको जनकपुरधाम भ्रमणलाई लिएर मन्दिर आसपासको क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो। धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने जानकी मन्दिरमा समय–समयमा राष्ट्रिय व्यक्तित्वहरूको आगमन हुने गरेको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more