गाडी विवादपछि बालेन शाह काठमाडौं फर्किए, ८ करोडको गाडी फिर्ता

माघ १०, काठमाडौ ।  काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि जनकपुर हुँदै पूर्वका विभिन्न जिल्लाको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्।
यसबीच एक व्यापारीबाट करिब ८ करोड रुपैयाँ मूल्यको गाडी लिएर प्रयोग गरेको विषय सार्वजनिक भएपछि चौतर्फी प्रश्न उठेको थियो। सो विषयमा आलोचना बढ्दै गएपछि शाहले उक्त गाडी फिर्ता गरेका छन्।

प्राप्त जानकारी अनुसार उक्त गाडी बालेनको सचिवालयका एक सदस्यले केही दिनका लागि भन्दै मागेका थिए। गाडी प्रयोगबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पारदर्शिता र नैतिक जिम्मेवारीको सन्देश दिन गाडी फिर्ता गरिएको बताइएको छ।
शाह निकट स्रोतका अनुसार उनले आफू पुराना राजनीतिक नेतृत्वभन्दा फरक ढंगले जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सार्वजनिक पदमा रहेकाहरूले आचरण र निर्णयमा उच्च नैतिक मानक अपनाउनुपर्ने उनको धारणा रहेको बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more