धनुषामा ठगी मुद्दामा दुई जना पक्राउ जनकपुरधाम,

माघ १०, जनकपुरधाम।  — ठगी तथा विश्वासघात सम्बन्धी मुद्दामा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पुर्जीका आधारमा जनकपुरधाम उपमहानगरपालिका–५ निवासी राजेश प्रसाद साह र दिपक साह ‘मिन्टु’लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार उनीहरूलाई ठगी तथा विश्वासघातसम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको हो।
उक्त मुद्दामा संलग्न रहेको आरोपमा बृजनन्दन प्रसाद साह र मंजु देवीविरुद्ध पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जनकपुरधाम–५ निवासी विजय साहले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो। विजय साह करिब २० वर्षदेखि अमेरिकामा बस्दै आएका थिए। सो अवधिमा उनले आफ्ना ससुरा–सासु तथा सालो नाता पर्ने व्यक्तिहरूलाई विश्वास गरी धनुषा जिल्लास्थित विभिन्न कित्ता नम्बरका जग्गा खरिद तथा घर निर्माणका लागि आफ्नो नामबाट रकम पठाएका थिए।
तर उक्त जग्गा तथा घर ससुरा बृजनन्दन प्रसाद साह, सासु मंजु देवी तथा सालोहरू राजेश प्रसाद साह र दिपक साहको नाममा राखिएको आरोप जाहेरीमा उल्लेख छ। पारिवारिक सम्बन्धमा दरार आएपछि विजयले आफ्नो लगानी फिर्ता माग्दा उनीहरूले अस्वीकार गरेपछि आफू ठगीमा परेको भन्दै अदालतको शरण लिएको बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more