सञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट चुनाव लड्ने तयारीमा

माघ ३, काठमाडौ । सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्रोतका अनुसार पार्टी सभापति रवि लामिछानेसँग भएको निर्णायक छलफलपछि खरेललाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने सहमति भएको हो।
चुनावी संकेत दिँदै खरेलले ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा भावी सरकारमा सञ्चारकर्मीको प्रतिनिधित्व आवश्यक रहेको बताएका छन्। उनले लोकतन्त्र सुदृढ गर्न र सुशासन कायम गर्न सञ्चार क्षेत्रबाट प्रत्यक्ष अनुभव बोकेका व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
उम्मेदवारी दर्ताको अन्तिम तयारीमा जुटेका खरेलले माघ ६ गतेअघि नै सञ्चारमन्त्री पदबाट राजीनामा दिने तयारी गरेको उनका निकट स्रोतले जनाएको छ। मन्त्री पदबाट राजीनामा दिएपछि उनी पूर्ण रूपमा चुनावी अभियानमा केन्द्रित हुने बताइएको छ।
रास्वपाले ललितपुर–२ लाई रणनीतिक रूपमा महत्वपूर्ण निर्वाचन क्षेत्रका रूपमा लिँदै आएको छ। खरेलको सम्भावित उम्मेदवारीले उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप चर्किने अनुमान गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more