निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत जाने

माघ ३, काठमाडौ । काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। शनिबार (माघ ३) सानेपामा बसेको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आइतबार (माघ ४) सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भएको जानकारी दिएका हुन्।
उनका अनुसार निर्वाचन आयोगले शुक्रबार (माघ २) नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गरिएका निर्णयहरू अध्यावधिक गर्दै सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयप्रति देउवा समूह गम्भीर आपत्ति राख्दै आएको छ।
देउवा समूहले आयोगको उक्त निर्णय दूषित मनसायबाट प्रेरित रहेको ठहर गर्दै कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने निष्कर्ष निकालेको प्रवक्ता महतले बताए। आयोगको निर्णयले पार्टीभित्रको आन्तरिक विवादलाई झनै जटिल बनाएको देउवा पक्षको भनाइ छ।
देउवा समूहले अदालतमार्फत न्यायिक परीक्षण गराई आफ्नो पक्ष स्थापित गर्ने दाबी गर्दै पार्टीको विधान, प्रक्रिया र आन्तरिक लोकतन्त्रको रक्षा गर्न कानुनी बाटो रोजिएको स्पष्ट पारेको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more