माघ २, काठमाडौ । निगम सञ्चालक समितिको मिति २०८२/१०/०१ को निर्णयअनुसार १६ जनवरी २०२६ (मिति २०८२/१०/०२) को बिहान ००:०१ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर रु. ३.०० र डिजेल/मट्टितेल प्रतिलिटर रु. १.०० ले घटाइएको निगमले जानकारी दिएको छ।
निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका क्षेत्रका लागि नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गरिएको छ। नयाँ मूल्य सूचीअनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १५३.५० र डिजेल/मट्टितेलको मूल्य रु. १३३.५० कायम गरिएको छ। यसअघि पहिलो वर्गमा पेट्रोल रु. १५६.५० र डिजेल/मट्टितेल रु. १३४.५० थियो।
यस्तै, दोस्रो वर्गमा पेट्रोल प्रतिलिटर रु. १५५.०० र डिजेल/मट्टितेल रु. १३५.०० कायम गरिएको छ भने तेस्रो वर्गमा पेट्रोल रु. १५६.०० र डिजेल/मट्टितेल रु. १३६.०० निर्धारण गरिएको छ।
निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश छन्।
नयाँ मूल्य घटेसँगै पेट्रोलियम पदार्थ प्रयोग गर्ने उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

















