नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन

माघ १, काठमाडौ ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय समिति चयन गरेको छ। महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।
नवगठित केन्द्रीय समितिमा दुई उपसभापति, दुई महामन्त्री तथा समावेशी संरचनाअनुसार विभिन्न समूह र प्रदेशबाट सह–महामन्त्री तथा केन्द्रीय सदस्यहरू चयन गरिएको छ।
उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका छन्।
केन्द्रीय सह–महामन्त्री पदतर्फ महिलाबाट डा. डिला संग्रौला पन्त, दलितबाट प्रकाश रसाइली ‘स्नेही’, आदिवासी जनजातिबाट बहादुर सिंह लामा, खसआर्यबाट उदय शम्शेर राणा, मधेशीबाट मुक्ता कुमारी यादव, मुस्लिमबाट फर्मुल्ला मन्सुर, थारुबाट योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रबाट कर्ण बहादुर बुढा चयन भएका छन्।
केन्द्रीय सदस्य खुल्ला तर्फ ३५ जना, महिला खुल्ला तर्फ ९ जना, प्रदेशगत महिला र खुल्ला कोटाबाट कोशीदेखि सुदूरपश्चिमसम्म प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गरिएका छन्। साथै दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, खसआर्य, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रका लागि छुट्टाछुट्टै कोटामा केन्द्रीय सदस्यहरू चयन गरिएको छ।
महाधिवेशनबाट चयन भएको यो केन्द्रीय समितिलाई पार्टीभित्र समावेशिता, क्षेत्रीय सन्तुलन र पुस्तान्तरणको सन्देश दिने नेतृत्व संरचनाका रूपमा हेरिएको छ। नयाँ नेतृत्वले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउँदै आगामी राजनीतिक चुनौतीहरूको सामना गर्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more