सुमन सायमी नेतृत्वको समूह भोलि नेकपासँग एकता हुँदै, महतो लाई झटका

पुस २९, काठमाडौ । कालिमाटी निवासी तथा रामुपा उपत्यकाका वरिष्ठ उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा रहेको समूह भोलि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग एकता हुने भएको छ।
सुमन सायमी आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ८ बाट ‘तारा’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिने तयारीमा रहेका छन्। यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेका सायमीले ६ हजार १७९ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए। उक्त निर्वाचनमा बिराज भक्त श्रेष्ठ विजयी भएका थिए।

सायमी नेतृत्वको समूह नेकपासँग समाहित हुन लागेपछि काठमाडौं–८ को राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन आउने अनुमान गरिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै यो एकतालाई महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more