प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

पुस २३, काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार निर्वाचन प्रक्रिया माघ ६ गतेदेखि सुरु भई फागुन २१ गते मतदान हुने तय गरिएको छ।
सार्वजनिक कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। सोही दिन मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ। माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने व्यवस्था गरिएको छ भने माघ ७ र ८ गते उजुरी उपर छानबिन गरी निर्णय गरिनेछ।
माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। त्यसपछि माघ ९ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। सोही दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
निर्वाचन आयोगका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ। आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षलाई कानुन र आचारसंहिता पालना गर्न आग्रह गरेको छ। निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै राजनीतिक दल तथा उम्मेदवारहरू चुनावी तयारीमा सक्रिय हुने देखिएको

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more