रास्वपाको समानुपातिक बन्दसूचीमा चितवन केन्द्रित प्रवृत्ति, मधेशबाट न्यून प्रतिनिधित्व

पुस १५, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीतर्फ पेस गरेको बन्दसूचीले क्षेत्रीय सन्तुलनका विषयमा प्रश्न उठाएको छ। सार्वजनिक विवरणअनुसार बन्दसूचीमा मधेश प्रदेशको तुलनामा चितवन जिल्लाबाट अत्यधिक उम्मेदवार समावेश गरिएको देखिएको छ।

रास्वपाको समानुपातिक बन्दसूचीमा मधेश प्रदेशका आठ जिल्लाबाट कूल १७ जना मात्र समावेश हुँदा चितवन जिल्लाबाट मात्रै २१ जना परेका छन्। यसले “नयाँ राजनीति” को दाबी गर्दै आएको पार्टीभित्र पुरानै केन्द्रित सोच दोहोरिएको टिप्पणी सुरु भएको छ।

जिल्लागत विवरणअनुसार मधेश प्रदेशका बारा जिल्लाबाट १ जना, महोत्तरीबाट ४ जना, धनुषाबाट ३ जना, सिरहाबाट ४ जना र सप्तरीबाट ५ जना समावेश छन्। तर पर्सा, रौतहट र सर्लाहीबाट एक जना पनि नपरेको तथ्यांकले मधेशभित्रकै असन्तुलन झन् स्पष्ट पारेको छ।

यसरी  समानुपातिक प्रणालीको मूल मर्म क्षेत्रीय, जातीय र सामाजिक समावेशिता सुनिश्चित गर्नु हो। तर बन्दसूचीमा चितवनलाई केन्द्रबिन्दु बनाइएको जस्तो देखिनुले रास्वपाको समावेशी दाबीमाथि प्रश्न उठाएको छ।

  • सम्बन्धित समाचारहरु

    आमरण अनशनमा राजेन्द्र महतो र राजकिशोर यादवको ऐक्यबद्धता

    Read more

    देवानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको मृत्युपछि पीडित परिवार आक्रोशित, शव नबुझ्ने घोषणा

    Read more