पुस १५, ढाका। बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) की प्रमुख खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहँदै आएकी थिइन् र अस्पतालमा उपचाररत थिइन्।
बीएनपी मिडिया सेलले पार्टीको आधिकारिक फेसबुक पेजमार्फत खालिदा जियाको निधनको पुष्टि गरेको हो। पार्टीले जारी गरेको विज्ञप्तिमा मंगलबार बिहान करिब ६ बजे ढाकास्थित एभरकेयर अस्पतालमा उपचारकै क्रममा उनले अन्तिम सास फेरेको उल्लेख गरिएको छ।
जिया कलेजोको समस्या, मधुमेह, छाती तथा मुटुसम्बन्धी रोगसहित विभिन्न स्वास्थ्य जटिलताबाट ग्रसित थिइन्। उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि नोभेम्बर २३ देखि ढाकाको एभरकेयर अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो। अवस्था झनै नाजुक बनेपछि उनलाई डिसेम्बर ११ मा भेन्टिलेटरमा राखिएको थियो।
अवस्था नाजुक थियो
गत शनिबार एभरकेयर अस्पताल बाहिर आयोजित एक अघोषित पत्रकार सम्मेलनमा बीएनपीका वरिष्ठ नेता तथा चिकित्सक डा. ए.जेड.एम. जाहिदले जियाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सुधार आएको भन्न नसकिने बताएका थिए। उनले भनेका थिए, “उहाँको अवस्था अहिले अत्यन्तै गम्भीर छ।”
बीएनपीले थप उपचारका लागि खालिदा जियालाई विदेश लैजाने इच्छा व्यक्त गरे पनि चिकित्सकहरूले उनको शारीरिक अवस्थाका कारण यात्रा सम्भव नहुने निष्कर्ष निकालेका थिए।
खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री हुन्। उनी बंगलादेशको राजनीतिमा दशकौँसम्म प्रभावशाली भूमिकामा रहँदै आएकी थिइन्। उनको निधनले बंगलादेशी राजनीतिमा गहिरो शोक र रिक्तता पैदा भएको छ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन
- अन्तर्राष्ट्रिय, समाचार
- ९ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 51 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 31 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 85 views




















