हिन्दु सम्राट सेना नेपालको चेतावनी: क्रिसमसका नाममा धार्मिक हस्तक्षेप नगर्न निजी विद्यालयलाई आग्रह

पुस ५, जनकपुरधाम। हिन्दु सम्राट सेना नेपालले मधेश प्रदेशभरिका निजी विद्यालयहरूलाई डिसेम्बर २५ (क्रिसमस डे) को अवसरमा हिन्दु विद्यार्थीहरूलाई जबरजस्ती सेन्टाक्लसको पोसाक लगाउन बाध्य पार्ने, धार्मिक कार्यक्रम थोपर्ने वा हिन्दु आस्थामाथि हस्तक्षेप गर्ने कुनै पनि कार्य तुरुन्त बन्द गर्न कडा चेतावनी दिएको छ।

संस्थाले सो दिनलाई हिन्दु परम्परा अनुसार तुलसी दिवसका रूपमा मनाउनुपर्ने स्पष्ट निर्देशन दिँदै निजी विद्यालयहरूको सामूहिक संगठन हिसान, प्याब्सन तथा एन प्याब्सन  लाई ज्ञापन पत्रमार्फत गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ। ज्ञापन पत्रमा विद्यार्थीहरूको धार्मिक स्वतन्त्रता र आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ।

हिन्दु सम्राट सेना नेपालका अनुसार यदि उक्त चेतावनीलाई बेवास्ता गरी कुनै पनि विद्यालयमा हिन्दु विद्यार्थीहरूको धार्मिक स्वतन्त्रता उल्लङ्घन भएको पाइएमा, संस्था बाध्य भएर सम्बन्धित विद्यालयमा आफ्ना कार्यकर्ता पठाई त्यस्ता कार्यक्रममाथि प्रतिबन्ध लगाउनेछ। यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित विद्यालय प्रशासनले स्वयं वहन गर्नुपर्ने चेतावनीसमेत दिइएको छ।

संस्थाले धार्मिक सहिष्णुता र आस्थाको सम्मान लोकतान्त्रिक समाजको आधार भएको उल्लेख गर्दै सबै शैक्षिक संस्थाहरूलाई विद्यार्थीहरूको धार्मिक अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

    Read more

    फतुवा विजयपुरमा फेरि रोकियो नगरसभा, गणपूरक संख्या नपुग्दा बैठक स्थगित

    Read more