लोसपा महोत्तरी क्षेत्र नं. ३ मा एकल उम्मेदवार सिफारिसप्रति युवा नेता विनित पाण्डेयको कडा आपत्ति

पुस ४, महोत्तरी ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को उम्मेदवार चयनका लागि आज बसेको बैठकप्रति पार्टीका युवा नेता विनित पाण्डेयले कडा आपत्ति जनाएका छन्। पिपरा गाउँपालिका–४ का निवासी पाण्डेयले बैठकमा आफ्नो नाम प्रस्ताव गर्दा लोकतान्त्रिक प्रक्रियाको उपेक्षा गर्दै निवर्तमान सांसद महन्त ठाकुरको मात्र एकल नाम सिफारिस गरिएको आरोप लगाएका छन्।

पाण्डेयले  उक्त निर्णयलाई तानाशाही प्रवृत्तिको उदाहरण भन्दै घोर निन्दा तथा भर्त्सना गरेका छन्। उनका अनुसार युवाहरूलाई पहिलो चरणबाटै बहिष्कृत गर्ने परम्पराको निरन्तरता देखिएको छ, जसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनाएको छ।

उनले स्मरण गराउँदै महोत्तरीका अन्य निर्वाचन क्षेत्रहरूमा युवालाई समेटेर उम्मेदवार चयन गरिएको भए पनि क्षेत्र नं. ३ मा महन्त ठाकुर बाहेक अरू कसैको नाम सिफारिस नगरिएको बताए। केन्द्रबाट आएको आदेशअनुसार एकल नाम मात्र पठाइँदा युवा वर्गलाई उपेक्षा गरिएको उनको दाबी छ।

पाण्डेयले पार्टी नेतृत्वलाई लोकतान्त्रिक मूल्य–मान्यता सम्मान गर्दै सबै वर्ग, विशेषगरी युवाको सहभागिता सुनिश्चित गर्न पुनर्विचार गर्न आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more