मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत, सर्वसम्मत समर्थन

पुस ४, जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार मधेस प्रदेश सभामा प्रस्तुत गरिएको विश्वासको प्रस्तावमा यादवको पक्षमा कुल ९२ मत परेको छ।

मतदानमा सहभागी भएका सबै सांसदहरूले मुख्यमन्त्री यादवलाई समर्थन गरेपछि प्रस्तावको विपक्ष वा तटस्थतर्फ शून्य मत परेको छ। एमाले इतर सात दलको सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई आज नेकपा एमालेले समेत समर्थन जनाएको हो।

उपसभामुखको आसनबाट सभा सञ्चालन गरेकी उपसभामुख बबिता राउत इशरले मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेको औपचारिक घोषणा गरिन्।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सातदलीय गठबन्धनका घटकहरू— जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी—ले यादवलाई विश्वासको मत दिएका हुन्।

मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेसँगै मधेस प्रदेश सरकारको स्थायित्व थप मजबुत हुने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

    Read more

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more