मधेशमा शीतलहर सुरु, जनजीवन प्रभावित

पुस ४, जनकपुरधाम। मधेश प्रदेशमा आजदेखि शीतलहर सुरु भएको छ। बिहानैदेखि बाक्लो कुहिरो लागेकाले घाम उदाउन सकेको छैन। चिसो हावा चलिरहेकाले दैनिक जनजीवन प्रभावित भएको देखिन्छ।

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। विशेषगरी बिहान र साँझको समयमा सडक तथा खुला स्थानमा आवतजावत गर्न कठिनाइ भइरहेको छ।

चिसो छल्न स्थानीयवासीहरूले चोक–चौराहामा दाउरा संकलन गरी घुरा बालेर आगो ताप्ने गरेका छन्। वृद्धवृद्धा, बालबालिका तथा मजदुर वर्ग बढी प्रभावित भएको स्थानीयको भनाइ छ।

मौसम पूर्वानुमानअनुसार केही दिनसम्म मधेशमा शीतलहरको प्रभाव कायम रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more