हादीको मृत्युपछि अशान्तिका बीच मैमनसिंहमा हिन्दू व्यक्तिको लिंचिङ, बंगलादेशी अन्तरिम सरकारद्वारा कडा निन्दा

पुस ४, ढाका। युवा नेता उस्मान हादीको मृत्युपछि देशभर जारी अशान्तिका बीच बंगलादेशको मैमनसिंह क्षेत्रमा एक हिन्दू व्यक्तिको कथित लिंचिङ घटनाको अन्तरिम सरकारले कडा निन्दा गरेको छ।

सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मैमनसिंहमा भएको घटनाको हामी कडा निन्दा गर्दछौं, जहाँ एक हिन्दू व्यक्तिलाई कुटपिट गरी मारिएको छ। नयाँ बंगलादेशमा यस्ता हिंसात्मक घटनाको कुनै स्थान छैन। यस जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि उन्मुक्ति दिइने छैन।”

अन्तरिम सरकारले घटनामा संलग्न दोषीलाई पहिचान गरी कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, साम्प्रदायिक सद्भाव कायम राख्न र कानून–व्यवस्था नियन्त्रणमा राख्न सुरक्षा निकायलाई सतर्कता अपनाउन निर्देशन दिएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

    Read more

    फतुवा विजयपुरमा फेरि रोकियो नगरसभा, गणपूरक संख्या नपुग्दा बैठक स्थगित

    Read more