नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

पुस ४, काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन बिहीबार सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। बिहीबार तोलाको ४ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ४ हजार ५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २१ हजार ५३५ रुपैयाँ तथा प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ४३४ रुपैयाँमा कारोबार भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more