सीटीईभीटी सम्बन्धन प्रक्रियामा तीव्रता, शिक्षा मन्त्रीले सामाजिक सञ्जालमार्फत नयाँ सूचना जारी

मंसिर २२, काठमाडौ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक प्रशिक्षण परिषद् (CTEVT) बाट सम्बन्धन प्राप्त गरी डिप्लोमा कार्यक्रम सञ्चालनका लागि २०६९ सालदेखि क्रमिक रूपमा आवेदन दिएका सबै शैक्षिक संस्थालाई १० दिनभित्र पुनः जानकारी दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अत्यावश्यक सूचना जारी गरेको छ।

मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार, CTEVT मा आवेदन दिएका, पूर्वाधार निरीक्षण भइसकेका, LOI (Letter of Intent) पाएका, स्थलगत निरीक्षण भएका वा नभएका सबै निजी तथा अन्य प्रकारका संस्थाले डिप्लोमा कार्यक्रम सञ्चालनमा अझै पनि इच्छुक भए पहिले दर्ता गरेको निवेदनको फोटो–कपी सहित १० दिनभित्र मन्त्रालयमा जानकारी अद्यावधिक गराउनुपर्नेछ।

पहिले आवेदन दिए पनि अब कार्यक्रम सञ्चालन गर्न चाहाने मनसाय नरहेका संस्थाले पुनः निवेदन दिन आवश्यक नपर्ने मन्त्रालयले स्पष्ट गरेको छ। यसअघि दर्ता भएका सबै निवेदनको छानबिन द्रुत गतिमा अघि बढाइएको र प्रक्रिया चाँडै निष्कर्षमा पुर्‍याइने उल्लेख छ।

यससम्बन्धी सूचना शिक्षा मन्त्रीले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत सार्वजनिक गरेका हुन्। उनले अव्यवस्थित रूपमा बाँकी काम रोकिएको अवस्थालाई अन्त्य गर्न, पारदर्शिता बढाउन र सम्बन्धन प्रक्रियालाई तीव्र बनाउने उद्देश्यले सूचना जारी गरिएको स्पष्ट गरेका छन्।

मन्त्रालयले तोकिएको समयसीमा भित्र अनिवार्य रूपमा जानकारी अद्यावधिक गर्न सबै संस्थालाई आग्रह गर्दै आवश्यक समन्वय र विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more