सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता, दोस्रो चरण पुस २ गते

मंसिर २२, काठमाडौ ।  सरकारले मेडिकल व्यवसायी तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंसँग औपचारिक वार्ता सुरु गरेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंसँग सोमबार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसहितका शीर्ष सरकारी अधिकारीहरूले बालुवाटारमा छलफल गरेका हुन्।

प्रधानमन्त्री कार्कीको निर्देशनमा आयोजित उक्त बैठकमा समसामयिक राजनीतिक, सामाजिक तथा प्रसाईं समूहले उठाउँदै आएको एजेन्डाबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको सरकारी स्रोतले जनाएको छ। प्रसाईं समूहले गत मंसिर ६ देखि राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।

वार्तामा सहजीकरण भूमिका निभाएका अधिवक्ता विनोदमणि भट्टराई र लवन न्यौपानेका अनुसार, आजको छलफलले प्रसाईं पक्षका माग, सरकारको प्रावधिक तथा कानुनी धारणा र आगामी चर्याबारे विस्तृत रूपले संवाद अघि बढाएको छ। प्रारम्भिक परिणाम सकारात्मक रहेको र दुवै पक्षले निरन्तर वार्तामार्फत समाधान खोज्न प्रतिबद्धता व्यक्त गरेका छन्।

आगामी पुस २ गते दोस्रो चरणको वार्ता बस्ने सहमति बनेको छ। दुवै पक्षले संरचित एजेन्डासहित थप प्रावधिक तथा राजनीतिक छलफल अघि बढाउने तथा मागहरूको कार्यान्वयन प्रक्रियासम्बन्धी स्पष्ट मार्गचित्र तयार पार्ने संकेत दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more