जेन–जी आन्दोलन प्रकरणमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको गिरफ्तारी माग

मंसिर २२, काठमाडौ । – हामी नेपालका संस्थापक तथा जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले भदौ २३ का घटनाका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारसमक्ष कठोर माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै उनले घटनाबारे बनेको छानबिन आयोगको प्रतिवेदनअनुसार तत्काल कारबाही गर्न गृहमन्त्रीलाई सार्वजनिक चुनौती दिएका छन्।

गुरुङले आन्दोलनका क्रममा भएको दमनको प्रत्यक्ष जिम्मेवारी तत्कालीन नेतृत्वमै जाने पुनः दोहोर्याउँदै वर्तमान सरकारले कुनै पनि बहाना नगरी कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। उनले भनेका छन्, सरकार निष्क्रिय रह्यो भने त्यसको परिणामस्वरूप हुने ‘देशव्यापी प्रदर्शनको राजनीतिक तथा कानुनी जिम्मा’ गृहमन्त्रीले नै वहन गर्नुपर्नेछ।

गुरुङले पछिल्ला दिनमा जेन–जी पक्षधरहरूको असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै, सहिद घोषित युवाहरूको आत्माको शान्तिका लागि समेत ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने दाबी गरेका छन्। उनका अनुसार, न्यायिक प्रक्रियामा ढिलाइ जारी रह्यो भने जेन–जी आन्दोलन फेरि तीव्र रूपमा उग्रिने चेतावनीसहित ‘वार–पार’को रणनीतिमा आफूहरू उभिएको संकेत गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more