प्रधानमन्त्री कार्कीको चार बुँदे कडा निर्देशन: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान तीव्र

मंसिर २, काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले सञ्चालन गरेको भ्रष्टाचारविरुद्धको अभियानलाई थप प्रभावकारी र जनमहसुस योग्य बनाउन राष्ट्रिय सतर्कता केन्द्र (NVC) लाई चार बुँदे कडा निर्देशन दिएको छ। जेन–जेड आन्दोलनको मूल आवाज— ढिलासुस्ती अन्त्य, अनुगमन कडाइ, पारदर्शिता र परिणाममुखी शासन — लाई स्मरण गर्दै उनले नियन्त्रण नआएका अनियमितता तथा प्रशासनिक लापरबाही तत्काल रोक्न आदेश दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय सतर्कता केन्द्रका अधिकारीहरूसँगको विशेष बैठकमा “अब कागजी निगरानी होइन, प्रत्यक्ष परिणाम देखिने कार्यशैली” अपनाउन निर्देशन दिइन्। उनका अनुसार विकास बजेटदेखि प्रशासनिक सेवासम्म प्रत्येक क्षेत्रमा समय– लागत– गुणस्तर अनुसार काम नगर्ने पदाधिकारीका विरुद्ध कडा कारबाहीको प्रक्रिया सुरु गरिनेछ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more