मंसिर २, काठमाडौ । दुर्गा प्रसाईं मध्यराति पक्राउ, एनपिएल सिजन–२ को संवेदनशील माहोलमा सुरक्षा जोखिम औँल्याउँदै प्रहरीको कारबाही
विश्वका चर्चित स्टार खेलाडीको उपस्थितिसहित नेपालमै भइरहेको ऐतिहासिक एनपिएल सिजन–२ को संवेदनशील वातावरणमा सुरक्षा जोखिम बढेको भन्दै राष्ट्र–धर्म र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीको ठूलो फौजले भक्तपुरस्थित उनको घरबाट मध्यराति पक्राउ गरेको छ।
आन्तरिक छलफलमा प्रसाईंको गतिविधिबाट ‘घुसपैठ’ सहित अन्य गम्भीर सुरक्षा चुनौती देखिएको निष्कर्ष आएपछि प्रहरीले रातारात house raid गर्दै नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, प्रसाईंले पछिल्ला दिनमा हिंसा भड्किन सक्ने अभिव्यक्ति दिँदै अराजक गतिविधि उक्साउने प्रयास गरेको आरोप उनिमाथि छ।
केही दिनअघि मात्र प्रसाईंले २६ बुँदे मागपत्र सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका थिए। प्रहरीले उक्त घोषणा र अभिव्यक्तिलाई मुलुकको आन्तरिक सुरक्षा, एनपिएल अन्तर्राष्ट्रिय छवि र सार्वजनिक शान्तिमा असर पार्ने प्रकारको ठहर गर्दै तत्काल कारबाही गरेको बताइएको छ।
















