मधेशमा सभामुख हटाउने प्रस्ताव अघि बढाइदिन प्रदेश प्रमुखसँग सात दलको आग्रह

२८ कात्तिक, काठमाडौं । सात दलीय गठबन्धनले मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई भेटेर मधेश प्रदेश सभामा भएको घटनाबारे जानकारी गराएका छन् ।

सात पार्टीका संसदीय दलका नेता र पूर्व मुख्यमन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुख लाभलाई भेटेर बुधबार मधेश प्रदेश सभामा घटेको घटनाबारे जानकारी गराएका हुन् ।

उनीहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको पदीय आचरण विपरीत कार्य गरेको अभियोगको प्रस्ताव अघि बढाइदिन प्रदेश प्रमुख मण्डलसमक्ष आग्रह गरेका छन् ।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार नेपालको संविधान, २०७२ र प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ बमोजिम प्रदेश सभाको सभामुखले सभाको बैठक सञ्चालनको क्रममा कुनै दलको प्रभावविना संसदीय मूल्य मान्यता तथा नियमावली बमोजिम सञ्चालन गर्नु पर्नेमा सभामुख मण्डलले त्यसो नगरेको उनीहरूको भनाइ छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध विरोधमा रहेका सात दलहरूले सभामुख मण्डलले समेत पदीय आचरण विपरीत कार्य गरेको अभियोग प्रदेशसभामा दर्ता गराएका छन् ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more