नेपाली बजारमा सुनको मूल्य ह्वात्तै वृद्धि, तोलामा ४ हजार ९०० रुपैयाँले उकालो

कार्तिक २५, काठमाडौ । नेपालको बहुमूल्य धातु बजारमा आज मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढेको छ।

यससँगै छापावाल सुनको मूल्य तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य २ लाख ४५ हजार ७०० रुपैयाँ कायम गरिएको छ। सोमबारसम्म छापावाल सुनको मूल्य २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबूती र मध्यपूर्वीय राजनीतिक तनावले सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको हो। साथै, लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिको रूपमा सुनमा आकर्षण बढाएका कारण मूल्यमा उकालो आएको बताइएको छ।

पछिल्ला केही दिनदेखि सुनको मूल्य निरन्तर उतार–चढावमा रहेको छ। गत हप्ता मात्रै सुन तोलामा २ लाख ३८ हजार रुपैयाँमा सीमित भए पनि यस साता लगातार वृद्धि हुँदै अहिले नयाँ रेकर्ड तोकेको छ।

चाँदीको मूल्यमा पनि सानो मात्रामा वृद्धि देखिएको छ। मंगलबार चाँदी तोलामा २ हजार ९७५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more