मुख्यमन्त्री सरोज यादवद्वारा संघीयता पक्षद्वारा संघियता समाप्त गर्न खोजेको आरोप

कार्तिक २४, जनकपुरधाम।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार जलेश्वरस्थित प्रसिद्ध जलेश्वनाथ महादेव मन्दिरमा पूजापाठ गरेका छन्। बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ ग्रहण गरेपछि उनी सीधा महोत्तरीको ऐतिहासिक धार्मिक स्थल जलेश्वर पुगेर महादेवको दर्शनमा निस्किएका हुन्।

महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (१) बाट निर्वाचित मुख्यमन्त्री यादवले मन्दिरमा पूजापाठपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संघीयता र प्रदेश अधिकारका सवालमा तीखा अभिव्यक्ति दिएका छन्। उनले भने, “संघीयता–संघीयता भनेर वर्षौंदेखि चिच्याउनेहरू नै आज संघीयता समाप्त गर्न खोजिरहेका छन्। यो मधेशको अधिकारमाथिको प्रहार हो।”

यादवले संघीयता जनताको बलिदान र आन्दोलनको उपलब्धि भएको स्मरण गराउँदै त्यसलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध दृढ रहने प्रतिवद्धता जनाए। उनका अनुसार, मधेश प्रदेशले संविधान र संघीय संरचनाको आत्मालाई जोगाउन अग्रसर भूमिका निर्वाह गर्नेछ।

पूजापाठका क्रममा मुख्यमन्त्री यादवलाई स्थानीय जनप्रतिनिधि, पार्टीका कार्यकर्ता र प्रहरी अधिकारीहरूले साथ दिएका थिए। उनले मन्दिर परिसरमा दर्शनपछि प्रदेश विकास, सुशासन र समावेशी शासनलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

जलेश्वनाथ महादेव मन्दिरमा पूजापाठपछि यादवको पहिलो औपचारिक कार्यक्रम भएको बताइएको छ, जसलाई धार्मिक आस्था र राजनीतिक सन्देश दुवै रूपमा हेरिएको छ। उनका निकट सहयोगीहरूले यस कार्यलाई “मधेशको सांस्कृतिक जरो र राजनीतिक जिम्मेवारीको प्रतीक” का रूपमा व्याख्या गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more