अक्षय नवमीमा स्थानीय युवाले गरे अमलाको बोट मुनि सामूहिक भोज

१३ कार्तिक, जनकपुर। आज अक्षय नवमीको अवसरमा मिथिला क्षेत्रमा परम्परागत रूपमा अमलाको बोट मुनी भोजन गर्ने प्रथा उल्लासका साथ मनाइँदैछ। हिन्दू समुदायका लागि यो दिन धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले विशेष महत्व राख्छ।

जनकपुरको राम–जानकी दुलहा–दुलही भगवान कुटी परिसरमा यस अवसरमा सामूहिक भोजको विशेष आयोजना गरिएको छ। स्थानीय युवाहरूले परम्परागत संस्कृति जगेर्नाको उद्देश्यले विगत केही वर्षदेखि यो कार्यक्रम निरन्तर रूपमा गर्दै आएका छन्। स्थानीय युवाहरूले यस परम्परालाई विगत केही वर्षदेखि निरन्तरता दिँदै आएका छन्।

मिथिलामा अमलाको बोट मुनी पकाएर खाने चलन पुरानो धार्मिक परम्परा हो। तर पछिल्ला वर्षहरूमा अमलाका बोटहरू हराउँदै जाँदा यो संस्कार लोप हुने डर बढेको छ। त्यसैले आजको सामूहिक भोजले यस परम्परालाई जोगाउने संदेश दिएको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा स्थानीयबासी, समाजसेवी, धार्मिक व्यक्तित्व तथा नागरिक समाजका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले भने, “अमलाको बोट र त्यससँग जोडिएको हाम्रो धार्मिक संस्कृति जोगाउन यो प्रयास निरन्तर रहोस्।”

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more