जनकपुरधामस्थित ॐ आर सि एस स्कूलमा चोरी,एन प्याब्सन धनुषाद्वारा दोषीमाथि कडा कारबाहीको माग

कार्तिक १४, जनकपुरधाम। जनकपुरधाम–१ स्थित ॐ आर सि एस  स्कूलमा भएको चोरीको घटनाप्रति राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन ) धनुषा जिल्ला कार्यसमितिले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

एन प्याब्सन धनुषा जिल्ला कार्यसमितिका सचिव डी.के. चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा कार्तिक १२ गते राति विद्यालयको कार्यालय र लेखा शाखामा भएको चोरी घटनाप्रति शिक्षण क्षेत्र स्तब्ध भएको उल्लेख गरिएको छ। विद्यालय नजिकै रहेको कार्यालयको शटर तोडेर अज्ञात समूहले नगद र महत्वपूर्ण कागजात चोरी गरेको बताइएको छ।

विज्ञप्तिमा भनिएको छ, “शिक्षालय जस्तो पवित्र स्थानमा यस्ता चोरीका घटना हुनु निकै दुःखद र निन्दनीय विषय हो। विद्यालय सञ्चालन गर्दै आएका शिक्षक–शिक्षिकामाथि यस्तो व्यवहार हुनु समाजकै लागि कलङ्क हो।”

एन प्याब्सनले यस घटनामा संलग्न व्यक्तिहरूको छानबिन गरी तत्काल कानूनी कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ। साथै विद्यालय तथा शैक्षिक संस्थाहरूको सुरक्षाको लागि प्रहरी प्रशासनले विशेष चासो दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

सचिव चौधरीले भने, “यस्ता घटनाले शिक्षक र विद्यालय समुदायको मनोबल कमजोर पार्ने भएकाले यसमा संलग्नलाई कारबाही गरेर समाजमा सन्देश दिनु जरुरी छ।”

एन प्याब्सन धनुषाले घटनाको निष्पक्ष छानबिनका लागि प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदै, विद्यालय र शिक्षण संस्थाको सुरक्षा सुनिश्चित गर्न तत्काल कदम चाल्न माग गरेको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more