मधेस लगायत तीन प्रदेशमा भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणको सतर्कता आग्रह

कार्तिक ११, काठमाडौ । नेपाल सरकारले जारी गरेको ताजा मौसम सम्बन्धी सूचना अनुसार आगामी केही दिन देशका विभिन्न भू–भागमा लगातार वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार मौसमी प्रणालीको सक्रियताका कारण कर्णाली, मधेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा वर्षाको प्रभाव देखिने अनुमान गरिएको छ। यस सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनतालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनामा उल्लेख भए अनुसार निम्न चापीय रेखा नेपाल नजिक सक्रिय भएपछि मंसिर ११ गतेदेखि १५ गतेसम्म लगातार वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी दिइएको छ भने मधेश र बागमती प्रदेशका केही स्थानहरूमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

विभागले सम्भावित प्रभावित प्रदेश र जिल्लाको सूची समेत सार्वजनिक गरेको छ। कर्णाली प्रदेशका संखुवासभा, दैलेख, पाँचथर, बझाङ, जाजरकोट, डोल्पा, हुम्ला, मुगु र सुर्खेत जिल्लामा वर्षा र हिमपातको उच्च सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेशका धनुषा, सिरहा, सर्लाही, रौतहट, महोत्तरी, धुनुषा र पर्सा जिल्लामा पनि वर्षाको असर पर्ने अनुमान गरिएको छ। बागमती प्रदेशका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, नुवाकोट र सिन्धुली जिल्लामा पनि वर्षा र हिमपातको सम्भावना रहेको सूचनामा उल्लेख छ।

मौसममा देखिएको यो परिवर्तनका कारण पहिरो, सडक अवरुद्ध, यातायातमा अवरोध, नदी तथा खोलामा पानीको सतह वृद्धि, बाढी तथा कटानको जोखिम बढ्ने चेतावनी दिइएको छ। साथै कृषि, पर्यटन, ऊर्जा तथा निर्माण कार्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणले पूर्वतयारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

सूचनामा जनताको सुरक्षालाई ध्यानमा राख्दै केही निर्देशनहरू समेत दिइएका छन्। अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, जोखिमयुक्त स्थानमा बसोबास गर्नेले सुरक्षित ठाउँमा सर्न, स्थानीय प्रशासन र विपद् व्यवस्थापन समितिबाट प्राप्त सूचनाको पालन गर्न, नदी–खोला आसपासका क्षेत्रमा नजान, तथा सञ्चार माध्यमबाट मौसमसम्बन्धी जानकारी नियमित रूपमा प्राप्त गर्न आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उप–सचिव शान्ति महतोले हस्ताक्षर गरेको सूचनामा भनिएको छ कि वर्षा तथा हिमपातका कारण आकस्मिक विपद्को जोखिम बढ्न सक्ने भएकाले सबै सरोकारवाला निकायहरूलाई सतर्क रहन र आवश्यक तयारी गर्न अनुरोध गरिएको छ। सो सूचना २०८२ साल कात्तिक ११ गते, मंगलबारका दिन जारी गरिएको हो।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more