निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच अधिकारीमाथि उपत्यका छाडन रोक लगाउने तयारी

असोज १२, काठमाडौ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ। आयोगले उनीहरूलाई तत्काल विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिन सिफारिस गरेको हो।

पासपोर्ट रोक्का गर्न सिफारिस गरिएका व्यक्तिहरूमा निवर्तमान गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसमेत रहेका छन्।

आयोगले यी व्यक्तिहरूलाई विदेश भ्रमण मात्र नभई उपत्यकाबाहिर जानु अघि समेत आफ्नो स्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ।

स्रोतका अनुसार आयोगले अनुसन्धानलाई सहज बनाउन यस्तो कदम चालिएको जनाएको छ। यसअघि पनि केही महत्वपूर्ण मुद्दामा संलग्न व्यक्तिहरूलाई अनुसन्धान सम्पन्न नहुँदासम्म यात्रा प्रतिबन्ध लगाउने गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more