असोज १०, काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावका आधारमा रोकिएका सबै अनुसन्धान अघि बढिसकेको बताएका छन्।
बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) पुगेर गृहमन्त्री अर्यालले अधिकारीलाई अनुसन्धानलाई थप तिव्रता दिन निर्देशन दिएका हुन्। उनले अघिपछि विभिन्न कारण देखाउँदै रोकिएका फाइलहरूलाई पुनः सक्रिय बनाइएको बताए।
उनका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण, टिकापुर घटना, बालमन्दिर घोटाला, वाइडबडी विमान खरिद, केन्टोन्मेन्ट खर्च, गिरिबन्धु टी स्टेट, सहकारी घोटाला र पोखरा विमानस्थलसम्बन्धी मुद्दा अब छानबिनको दायरामा अघि बढेका छन्।गृहमन्त्रीको निर्देशनपछि लामो समयदेखि अल्झिएका यी चर्चित मुद्दाहरूमा छानबिन तीव्र हुने अपेक्षा नागरिकमा बढेको छ।















